वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ।
नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क)को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ लाख धरौटी राख्नुपर्छ। २०७६ भदौ १ अघि मन्त्रालयमा सूचीकरण भइसकेका ती स्वास्थ्य संस्थाले तीन महिनाभित्र बाँकी २ लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्न नसकेको मन्त्रालयले जनाएको छ।
निर्धारित समयमा बाँकी धरौटी बुझाउन नसकेको र पेस भएको सफाइसमेत सन्तोषजनक नभएकाले यही असोज २० गतेको मन्त्रीस्तरीय बैठकले खारेज गरेको हो। नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा खारेज गरिएको सूचनामा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ३५ वटा स्वास्थ्य संस्था खारेजीको सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण खारेजीमा परे पनि जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको भए फिर्ता पाउने जनाइएको छ।
मन्त्रालयका अनुसार बसुन्धाराको ढोरपाटन मेडिकल सेन्टर, गोंगबुको हेल्पिङ हेल्थ मेडिकल सेन्टर, बालाजुको नेपाल जनस्वास्थ्य केन्द्र र कोटेश्वरको सृजनशील हेल्थ केयर खारेजीमा परेका छन्। सिनामंगलको एमभी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, धनगढीको नवजीवन अस्पताल, धरानको मञ्जुश्री पोलिक्लिनक एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलको हेल्थ केयर डाइग्नोस्टिक, पुरानो बानेश्वरको नमुना मेडिकल सेन्टर, इटहरीको कान्तिपुर मेडिकल सेन्टर, कालिमाटीको रिलिफ हेल्थ केयर खारेजीमा परेका हुन्।
यस्तै, काठमाडौंको भेनस अस्पताल, ललितपुरको गोदावरी मिडसिटी अस्पताल, बुटवलको नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर, इटहरी मेडिकल एन्ड स्वास्थ्य उपचार क्लिनिक, अन्नपूर्ण न्युरो अस्पताल, मेघा अस्पताल, मध्यपुर अस्पताल, चितवन मेडिकल कलेज, रामचन्द्र मेमोरियल हेल्थ केयर सेन्टर, समर्पित अस्पताल, ग्रिनसिटी अस्पताल, हेल्पिङ हेन्ड सामुदायिक अस्पतालले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन्।
नारायणी सेन्टर डायग्नोस्टिक ल्याबोरेटरी, लालगढ मोडेल अस्पताल, विजयपुर अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी, नोबेल अस्पताल, किस्ट मेडिकल कलेज एन्ड शिक्षण हस्पिटल, म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर, बीपी स्मृति सामुदायिक सहकारी अस्पताल र सिद्धि पोलिक्निक एन्ड डाइग्नोस्टिक सेन्टरलाई मन्त्रालयले सूचीकरणबाट हटाएको हो।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...