ताजा समाचार

राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी । संयुक्त राष्ट्र संघको विश्‍व खाद्यान्‍न कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ ।                  १९६१ मा स्थापित यो कार्यक्रमले आजपनि एक वर्षमा ९ करोड भन्दा बढी मानिसलाई खानेकुरा प्रदान गर्ने गरेको छ ।

भोकमरीविरुद्धको लडाइँमा यस कार्यक्रमको निरन्तर प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्न लागिएको कमिटीले बताएको छ । विशेषगरी युद्धग्रस्त क्षेत्रमा जारी भयावह अवस्थासँग लड्दै यसले भोकमरीलाई हतियारका रुपमा प्रयोग हुनबाट जोगाउन उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

हाल जारी कोरोना महामारीले पनि खाद्य आपूर्तिलाई प्रभाव पारिरहेको अवस्थामा भोकमरी निम्तिन नदिनु वास्तवमै भ्याक्सिन जत्तिकै ठूलो योगदान भएको नर्वेजियन नोबेल कमिटीकी प्रमुख बेरित रइस एन्डर्सनले अवार्डबारे घोषणा गर्दै गर्दा भनेकी हुन् । कोभिडको खोप नआउन्जेल सबैका लागि पर्याप्त खाना नै यस संकटविरुद्ध सबैभन्दा उत्तम भ्याक्सिन भएको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org