बाँकेमा कोरोनाबाट १५ वर्षीय किशोरसहित दुई जनाको मृत्यु
काठमाडाैँ । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो।
निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए।
यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ।
श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो।
अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...