सरकारले डा. केसीलाई भन्यो : महामारीको परिस्थितिलाई मनन गर्दै अनशन त्याग्नुस्
काठमाडाैँ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ।
शनिबार डा. केसीका मागबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित प्रधानमन्त्रीसँग छलफल गरेको टोलीले त्यसपछि अपरान्ह एक विज्ञप्ति निकाल्दै अनशन अन्त्य गर्न आग्रह गरेको हो।
‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’, सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा. केसीसँग भएका सहमति कार्यान्वयनकाे सूची विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
विज्ञप्तिमा डा. केसीसँगको वार्ता के हुने भन्नेबारे केही बताइएको छैन।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...