ताजा समाचार

नेपालमा काेरोना संक्रमणबाट थप १९ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो पटक विभिन्न जिल्लामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विगत २४ घण्टामा सबै भन्दा धेरै चितवनका पाँच जना, बुटवलका चार जना, सुनसरीका ३ जना, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक एक जनाको ज्यान गएको छ। यद्यपी यी सबैको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्।  नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा सीटीइभिटिका पुर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ।

देवकोटाको आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा ७२ वर्षको निधन भएको अस्पतालका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जानकारी दिए। हिजो कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाइ छ। कोेरोना संक्रमणबाट रुपन्देहीमा थप चार जनाको मृत्यु भएको छ। बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा दुईजना, बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एक जना र दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा अर्की एक महिलाको मृत्यु भएको छ।

असोज २१ गते आईसीयूमा भर्ना भएकी बुटवल ११ की ६१ वर्षीया महिलाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा गएराति २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे। असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो। यस्तै बुटवल–१ का ७० वर्षीय बृद्धको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ।

हिजो अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो। यस्तै बुटवल–११ का ८४ वर्षीय संक्रमित बृद्धको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो। बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिए।

उनी मुटुका दीर्घरोगी थिए।  यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ।  मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा गएराति दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ। मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला छन्। उनीहरु दुवै जना सुनसरी जिल्लाका रहेका अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए। उहाँका अनुसार वृद्ध मुटु र फोक्सोका दीर्घरोगी थिए भने महिला सुगर रोगबाट पीडित थिइन्।

महिलाको असोज २० गते र वृद्धको २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय बृद्ध र कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी ७१ वर्षीया वृद्धाको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत दुवै जनाको गएराति १० बजेतिर मृत्यु भएको हो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनकुटाकी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा धनकुटाको निगालेकी महिला हुन्। धरानमा उपचाररत धनकुटा निवासी ६५ वर्षीय महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो।  यस्तै धरान उपमहानगरपालिका–८ की ६२ वर्षीय महिला र दुहबीका ६५ वर्षीय पुरुषको मृत्यु भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा उपचारत महिलामा फोक्सोको दीर्घ रोगी भएको प्रतिष्ठानले बताएको छ।  त्यसैगरी,दुहबीका ६५ वर्षीय पुरुषको आइतबार बिहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो। उनी पनि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थिए।  यसैबीच चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको आज विहान ५ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भई असोज २२ गते ती महिला अस्पताल भर्ना भएकी थिइन्। उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।  योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। चितवनमा हिजो मात्रै एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। चितवन मेडिकल कलेजमा दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको बागमती वडा नं ६ निवासी ८५ वर्षीया महिलाको शनिबार अपरान्ह ४ः५३ बजे मृत्यु भएको हो। असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कोभिड आइसीयुमा राखेर उपचार भइरहेको थियो।  यस्तै सोही अस्पतालमा सर्लाहीको हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। कोभिड आइसीयुमा उपचाररत ती पुरुषको शनिबार साँझ ५ः३३ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

असोज ८ गते सडक दुर्घटनामा घाइते भएपछि उनी चितवन मेडिकल कलेजमा भर्ना भएका थिए।  यसैगरी भरतपुर अस्पतालको कोभिड आइसीयुमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको शनिबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयुमा सारिएको थियो।

सबै उपचार अपनाउँदा अपनाउँदै उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्। यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उनी जन्डिसको समेत बिरामी भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org