ताजा समाचार

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org