नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ बन्ने
काठमाडाैँ । नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ ।
गेट निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता विल्ड्रर्स प्रालिसँग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए ।
‘गेटको दायाँबायाँबाट पास हुन्छ, ‘इन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतिक राखिने छन् । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चिनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्म अनुरुप भएको बताए ।
महाकाली नदीमा पुल निर्माणसंगै भारत जोड्ने र गड्डाचौकी, बम्हदेब हुँदै चीन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेश बिन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र पाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए । ‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदिबहिनी भारत गएका छन, ‘मेयर विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास होस ।’
विदेशी पाहुनालाई नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतिक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुनेछ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ, ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एवं विदाई गर्ने गेट हुनेछ ।’
गत आर्थिक वर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो । जनमत र चुनावी प्रतिबद्धता अनुरुप गेट निर्माण कार्य अघि बढाएएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसंगको सबैभन्दा नजिकको नाका हो ।
गड्डाचौकीदेखि दिल्ली करिब तीन सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसंगै नेपालको विकास र सम्वृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट शुरुवात भएको छ ।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...