‘जातको प्रश्न’ कुनै धर्मविरुद्ध नभएको समताको प्रष्टोक्ति
काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’को निर्माता समता फाउन्डेसनले कार्यक्रम कुनै धर्मविरुद्ध नभएको र कुनै पूर्वाग्रह नराखिएको बताएको छ ।
अभिनेता राजेश हमाल प्रस्तोता रहेको ‘जातको प्रश्न’लाई क्रिश्चियन लगानीमा हिन्दुविरोधी कार्यक्रम गरेको भन्दै टिकाटिप्पणी र विरोध भएपछि समताले प्रष्टीकरण दिएको हो ।
‘यो कार्यक्रमको मुख्य उद्देश्य नै जातीय विभेद सम्बन्धि घर घरमा संवादको सुरुवात गर्नु रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पुर्वाहग्रह नराखेको स्पष्ट गर्न चाहान्छौ,’ विज्ञप्तिमा लेखिएको छ,’कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार-विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुर्याएको छ ।’
दलित समुदायमा भएका र भइरहेका हिंसा र विभेदका घटनालाई उजागर गर्ने कार्यक्रमले क्रिश्चिनय संस्थाको लगानी लिएको भन्दै सामाजिक संजालमा विरोध भएको थियो । संस्थाका अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको अधिनमा रहेर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रीय संघसंस्थाको सहकार्य र सहयोगमा संचालन गरिएका परियोजना र कार्यक्रम पारदर्शी ढंगले संचालन गरिएको छ ।’
साथै समता फाउन्डेसनले राजेश हमालको तस्बिर र संस्थाको लोगो दुरुपयोग गरी उनले नबोलेका कुराहरु राखी सामाजिक संजालमा अवफाह फैलाइएको पनि बताएको छ ।
‘उक्त पोस्टर समता फाउण्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट्याउँदछौं । अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साईबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...