ताजा समाचार

ओली–प्रचण्डबीचको भेटवार्ता, कर्णालीका नेताहरूसँग भाेलि छलफल गर्ने

काठमाडाैँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कर्णाली प्रदेश विवादबारे छलफल भएको छ ।

बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भए पनि कुनै सहमति भने नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

यद्यपि, कर्णालीका नेताहरूसँग बिहीबार छलफल गर्ने गरी अध्यक्षद्वयबीचको छलफल टुंगिएको उनले बताए । अध्यक्षद्वयले यसअघि पनि कर्णालीबारे छलफल गरेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशमा राजनीतिक संकट चुलिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org