नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव छ: कृषी मन्त्रालय
काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।
कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ ।
प्रारम्भिक प्रतिवेदनमा नेपालमा रसायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको उल्लेख छ ।
प्रतिवेदनमा तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ । नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने आँकलन गर्दै कार्यदलले उक्त प्रविधि उपयुक्त रहेको जनाएको छ ।
युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यससँग सम्वन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका प्राविधिक÷विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।
रसायनिक मल कारखाना स्थापना सम्बन्धमा हालसम्म भएका अध्ययन प्रतिवेदनहरुको विस्तृत समीक्षा र अनुसन्धात्मक अध्ययन गर्ने कार्यादेश कार्यदलले पाएको थियो ।
प्रतिवेदन बुझ्दै मन्त्री भुसालले राजनीतिक तहमा मात्र उठ्दै आएको रसायनिक मल कारखाना खोल्ने विषय अब मन्त्रालयले औपचारिक रुपमा ग्रहण गरेको बताए । ‘मल कारखाना खोल्ने विषय थप प्राविधिक अध्ययन गर्दै तार्किक निष्कर्षमा पु¥याइने छ,’ मन्त्री भुसालले भने ।
लगानी बोर्ड र जाइकाले गरेको अध्ययनको समयभन्दा अहिले प्रविधिमा धेरै विकास भइसकेकाले कारखाना स्थापनाको लागत अझ कम हुन सक्ने सम्भावना रहेको मन्त्री भुसालको भनाइ छ ।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...