ताजा समाचार

अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा छ : महानिरीक्षक थापा

काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा भएको बताएका छन्।

विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान् सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको बताउँदै उनले गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास व्यक्त गरेका छन्।

६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका प्रहरी अधिकृत तथा जवानलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको कामना गरेका छन्। उनले सेवा निवृत्त अग्रज, अन्य प्रहरी कर्मचारीहरू, प्रहरी परिवार, अमर तथा शहीद प्रहरीका परिवारजनमा समेत शुभकामना व्यक्त गरेका छन्।

‘मातृभूमिका सेवाका खातिर प्राण उत्सर्ग गर्ने वीर तथा अमर प्रहरीको बलिदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’शुभकामना सन्देशमा भनिएको छ, ‘कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवं मानसिक क्षति बेहोर्नु भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

उनले कानूनको निष्पक्ष कार्यान्वयन सम्झौता विहीन विषय भएकाले न्याय र सुरक्षाको प्रत्याभूत गर्ने बताएका छन्।‘गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुन नसक्ने पक्ष हुन्, यी पक्षहरूको अभावमा मात्र हाम्रा सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन्।

उनले सन्देशमा भनेका छन्, ‘सोही जगमा प्रहरीले जन विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ संवेदनशील रहन म सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देश गर्दछु।’  परिवर्तनहरूलाई आत्मसात् गर्दै रूपान्तरणका लागि प्रहरी तत्पर रहने धारणा राखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org