ताजा समाचार

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई सरकारमा जाँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस पाँच वर्ष सरकार नजाने बताएका छन् । उनले कोही कसैलाई भ्रम नहोस् भन्दै यस्तो बताएका हुन् । पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश कांग्रेसलाई भएकाले सरकारमा नजाने उनको भनाइ छ ।

‘भ्रम : कोही कसैलाई केही छ भने’, प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्, ‘पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई ।’

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वन्द्वसँग कांग्रेस विलकुल निरपेक्ष रहेको प्रष्ट पारेका छन् । उनले यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता नगर्नसमेत आग्रह गरेका छन् ।

‘अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँगग विलकुल निरपेक्ष छौं’, शर्माले थप लेखेका छन्, ‘अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल ।’

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएपछि आएका प्रतिक्रियाको जवाफ दिँदै शर्माले यस्तो बताएका हुन् ।

भ्रम ; कोहि कसैलाई केही छ भने !

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l
अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l
नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल ! pic.twitter.com/g4GBq1hRdn

— Bishwa Prakash शर्मा (@bishwaprakash77)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org