ताजा समाचार

पर्यटनमन्त्री भट्टराईले आफ्नो खर्चमा १६ सय नागरिकको गराइदिए कोरोना बिमा

काठमाडाै ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन्।

मन्त्री भट्टराईको स्वकीय सचिवालयले बुधबार एक बिज्ञप्तीमार्फत उक्त जानकारी दिएको हो। मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइका अनुसार कोरोना बीमा बापत मन्त्री भट्टराईले प्राप्त गरेको एक लाख रुपैयाँ रकमबाट ताप्लेजुङ जिल्लाका तीन सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमा गरिएको छ। मन्त्री भट्टराई गत असोज ८ गते कोरोना संक्रमित भइ त्यसको करिव १० दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन्।

कोरोना बीमा बापत उनले बीमा कम्पनीबाट एक लाख रुपैयाँ पाएका थिए। स्वकीय सचिव गुरागाँइका अनुसार मन्त्री भट्टराइले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बीमा गरिदिएका थिए।

मन्त्री भट्टराइकै करिव ८० प्रतिशत आर्थिक सहयोगमा प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ। मन्त्री भट्टराई २०७४ सालमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org