ताजा समाचार

गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

काठमाडाैँ ।  गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

योसँगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा  लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। ​

मृत्यु हुनेमा इश्मा  ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै  मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरुमा वडा नं ४ की २८ बर्षकी सरस्वती दर्लामी र २६ बर्षका कमल हितान रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये  सरस्वतीको हात भाँचिएको र अर्का कमल हातमा  चोट रहेको  प्रहरीले जनाएको छ। शिबबहादुर दर्लामी र धनबहादुर अछामी नेपाली सेनामा कार्यरत रहेको र उनीहरु बिदामा घर आएका थिए।

जीप सडकदेखि अनियन्त्रीत भइ चार सय मिटर तल खसेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  गाडीमा चालक सहित ९ जना रहेका थिए। चालक इश्मा गाउँपालिका वडा नं ७ का  २४ वर्षीय बुद्ध बस्नेत प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org