ताजा समाचार

सरकारका गतिविधिका कारण गणतन्त्रप्रति वितृष्णा बढ्योः सिटाैला

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्ण सिटौलाले सरकारका गतिविधिका कारण गणतन्त्रप्रति वितृष्णा बढेको बताएका छन्।

‘‘जनताको हितमा, राष्ट्रको हितमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले काम गर्न नसकेका कारण जनतामा निराशा फैलिएको छ। त्यो निराशाको अभिव्यक्तिका रूपमा यी प्रदर्शन भएका हुन् भन्ने मलाई लाग्छ।’’

‘‘हाम्रो संविधान र हाम्रो व्यवहारमा रहेको लोकतान्त्रिक व्यवस्थामा अरूको अधिकारलाई खलल नपुर्‍याई शान्तिपूर्ण ढंगले आफ्ना माग प्रस्तुत गर्ने अधिकार सबैलाई प्राप्त छ। अब यो प्रदर्शनबाट उत्पन्न परिणामबारे सबैभन्दा बढी गम्भीर त सरकार हुनुपर्ने हो।’’ सिटौला भन्छन्, ‘‘यो माग कति सान्दर्भिक भनेर विवेचना सरकारले गर्नुपर्ने हो।

यदि सरकारले यस्तो प्रदर्शनलाई गम्भीरतापूर्वक लिन्छ भने यसलाई एउटा सर्वदलीय बैठकको छलफलको विषय बनाउन सक्छ। अहिले पनि राजा चाहिन्छ भन्ने पार्टी राप्रपा छँदैछ त। त्यसकारण आफ्नो अभिव्यक्ति राख्नै नपाउने भन्न त मिलेन। तर, जहाँसम्म व्यवस्था नै परिवर्तन हुने कुरा छ, अहिलेको आन्दोलन त्यहाँसम्मको उद्देश्यसहितको हो कि होइन भन्ने विश्लेषण गर्ने जिम्मवारी त सरकारको हुन्छ नि।’’

उनी थप्छन्, ‘‘नयाँ संविधान संविधानसभाबाट जारी भयो र संविधानबमोजिम निर्वाचन भयो। नयाँ संविधानबमोजिमको पहिलो निर्वाचनबाट निर्वाचित सरकारको कार्यशैलीबाट जनतामा केवल निराशा मात्र फैलिएको छ। सरकारले संविधानले जनतालाई दिएको अधिकार दिन सकेको छैन। जनताको आर्थिक प्रगति भएको छैन। संविधानको मौलिक हकमै जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउने कुरा लेखिएको छ। धेरै आर्थिक–सामाजिक अधिकार मौलिक हकका रूपमा राखिएको छ। तर, ती कुनै हकलाई सरकारले प्रचलनमा ल्याउन सकेन।’’

जस्तैः निःशुल्क स्वास्थ्य उपचार र शिक्षा, रोजगारीको हक, आवास, खाद्यान्न, महिला, दलित र अपांगता भएकाहरू र ज्येष्ठ नागरिकका विशेष हक हुने कुरा लागू भएका छैनन्। यस्तो कोरोना महामारी फैलिएको अवस्थामा समेत सरकारले ढंग पु¥याएर काम गर्न सकेको छैन। जनताको सामान्य उपचारका लागि समेत सरकार पूरै असफल देखिन्छ। त्यसकारण जनतामा अहिले जुन कष्ट, पीडा छाएको छ, त्यो कष्ट र पीडा कुनै पनि रूपमा सडकमा प्रस्तुत हुन सक्छ भन्ने मलाई लाग्छ। र यी सबै कुराको जवाफदेवी, जिम्मेवार यो सरकार हो। सानो अंशमा नेपाली कांग्रेसले पनि प्रतिपक्षीको हैसियतले जनतामा परेको कष्ट–पीडालाई जसरी उठाउन सक्नुपथ्र्यो, जनताको आवाजलाई जसरी सडकबाट बोल्न सक्नुपथ्र्यो। हो, कांग्रेसले पनि ती कुराहरू सडकदेखि सदनसम्म उठाउन सकेन, त्यसकारण पनि जनतामा थप निराशा बढेको हुनुपर्छ। त्यसकारण राजनीतिक दलहरूले, खासगरी सत्तारुढ दलले आजको दिनमा गम्भीरतापुर्वक सोच्नुपर्छ। त्यसो भन्दा फेरि शान्तिपूर्ण ढंगले प्रदर्शन नै गर्न नपाइने भन्ने त भएन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org