ताजा समाचार

दुई अध्यक्षले नेतृत्व हस्तान्तरणको आँट गरे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ’

काठमाडाैँ । उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी  कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन्।

रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी  सबस्टेशनको उद्घाटन  समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्।

‘दुबै अध्यक्षले  हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं  र युवा पुस्तालाई  नेतृत्व दिन तयार छौं  भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’उहाँहरूले भन्न सक्नपर्छ। हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग  र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए। जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने बताए।

‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ। यसले पार्टीलाई  नयाँ ठाउँमा पुर्‍याउँछ। ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं। साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको बताउँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org