ताजा समाचार

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हो भने, केपी ओलीले दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छः जनार्दन शर्मा

काठमाडौं। नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भने- ‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले मंगलबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनुहुनेछ, अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ।’

अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख -नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने)  कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने बताए। प्रधानमन्त्रीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफूहरुको पूर्ण समर्थन रहने उनले बताए।

नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने दावी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org