सचिवालय बैठकमा चर्काचर्की: ओलीले प्रस्तावमाथि छलफल नगरौं भनेपछि प्रचण्डले सोधे, ‘तपाईं को हो?’
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सम्पन्न सचिवालय बैठक तिक्ततापूर्ण भएको छ। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएपछि अरू सचिवालयका सदस्यले दुवै अध्यक्षलाई संयमित हुन आग्रह गर्नुपरेको थियो।
पार्टी कमिटीका बैठकमा आफ्नो प्रस्तावबारे छलफल गर्नुपर्ने प्रचण्डले अडान राखेपछि ओलीले छलफल हुनै नसक्ने भन्दै आक्रोशित भएर जवाफ फर्काएपछि चर्काचर्की भएको हो।
प्रचण्डले सोधे ‘तपाईं को हो?’
सचिवालय बैठक पार्टी महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिनको उपलक्ष्यमा केक काटेर सुरु भएको थियो। नेताहरुले एकसाथ ताली बजाएर पौडेललाई शुभकामना दिएका थिए। तर त्यसको केही क्षणमा नै बालुवाटारको माहोल बिग्रियो। ताली र शुभकामना सहित सुरु भएको बैठकमा नेताहरुबीच भनाभन र आरोप प्रत्यारोप भएपछि अवस्था सुरुमा झै सौहार्दपूर्ण हुन सकेन।
प्रचण्ड निकट स्रोतका अनुसार बैठकको सुरुमै ओलीले प्रचण्डलाई बैठकको एजेन्डाबारे सोधेका थिए। प्रचण्डले प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएपछि ओलीले छलफल हुनै नसक्ने भन्दै बैठकको औचित्यमाथि नै प्रश्न गरेका थिए।
‘प्रचण्डले बैठकमै छलफल हुनुपर्ने बताउँदा प्रधानमन्त्रीले पहिला प्रचण्डले माफी माग्नुपर्ने बताए,’ प्रचण्ड निकट स्रोतले भन्यो। छलफलमा प्रवेश गर्न नचाहेका ओलीमाथि प्रचण्डले बैठक छल्न खोजेको आरोप लगाएका थिए।
बैठकमा प्रस्ताव बारे छलफल हुन नसक्ने बताएपछि प्रचण्डले के ओली पार्टी कमिटी भन्दा ठुलो हो ? भन्दै प्रश्न गरेका थिए।
‘प्रस्तावबारे जे गर्छ पार्टी कमिटीको बैठकले गर्छ। छलफल नै नगरौं भन्ने पार्टी कमिटी भन्दा ठुलो तपाईं को हो?, ‘ प्रचण्डको भनाइ उद्दत गर्दै स्रोतले भन्यो।
ओलीको बचाउमा बिष्णु पौडेल मात्र
प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भन्ने ओली प्रचण्डको विवादबीच महासचिव बिष्णु पौडेलले मात्र ओलीको बचाउ गरेका थिए। अरु सचिवालयका सदस्यले छलफल गरेरै अघि बढनुपर्ने मत राखेका थिए।
मंसिर १८ र २५ गतेका लागि तय भएको स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक स्थगित गर्नुपर्ने ओलीको प्रस्तावमा सचिवालयका सदस्यले भने पार्टीका विवादबारे पहिला छलफल गर्नुपर्ने अडान लिएका थिए। बैठक स्थगित गर्न नहुने उनीहरूको धारणा थियो। तर ओली भने बैठक बस्न दिने पक्षमा छैनन्।
पार्टीमा देखिएको संकट समाधानका लागि ओली प्रचण्डले छुट्टाछुटै प्रस्ताव प्रस्तुत गरेका थिए। दुवै प्रस्तावमा अध्यक्षद्वयले एकअर्काप्रति आरोप लगाएका थिए। पछि साझा प्रस्ताव बनाउन ओली पक्षले पहल गरेपनि प्रचण्डले अस्वीकार गरे। त्यसयता नेकपाको विवाद बल्झिदै गएको छ।
आआफ्नो दाबी
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको जानकारी दिएका थिए।
‘दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक रुपमा छलफल शुरु भएको छ। साथसाथै अनौपचारिक रुपमा छलफल तथा संवाद अगाडि बढाउने बैठकले ठानेको छ,’उनले भने। उनले बैठकबाट हुने छलफलले नै निष्कर्ष निकाल्ने बताए।
तर, ओली निकट नेताहरुले भने प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान लिइरहेका छन्। आजको बैठकमा पनि प्रवक्ता श्रेष्ठले भनेको कुरा सत्य नभएको भन्दै उनीहरुले प्रस्तावबारे छलफल नै नभएको दाबी गरेका छन्।
‘बालुवाटारमा कुनै छलफल नभएको दाबी छ। प्रधानमन्त्रीको धारणा प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने हो,’ओली निकट स्रोतले भन्यो।
नेकपा सचिवालयको बैठक भोलि फेरि बस्दै छ। पार्टी कमिटीमा ओली अल्पमतमा छन् भने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह बहुमतमा। त्यसैले ओलीले पार्टी कमिटीको बैठक ‘इन्गोर’ गर्न चाहिरहेको बताइन्छ। यता प्रचण्ड नेपाल समूह भने बहुमतको निर्णय ओलीले मान्नुपर्ने अडानमा छन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...