ताजा समाचार

नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) पनि बस्दैछ ।

मंगलबार सामान्य छलफलका साथै नेताहरुबीच आरोप प्रत्यारोपमा टुंगिएको बैठक बुधबार पनि बस्न लागेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताउँदै अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल सुरु हुने जानकारी दिए ।
तर आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बुझिएको छ ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै त्यसमाथि छलफल नै हुन नसक्ने बताउँदै आएका छन् । यही विषयमा ओली र प्रचण्डबीच मंगलबारको बैठकमा भनाभन नै भएको थियो । भनाभनका क्रममा ओलीले बुधबारको बैठकमा आफू सहभागी नहुने बताएका छन् ।

कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न प्रश्नको वर्षा गर्दै प्रस्ताव पेश गरेका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गतेको बैठकमा आफ्नो प्रस्ताव ल्याएका थिए । दुबै प्रस्ताव एकअर्काको आलोचना गर्नमै केन्द्रीत रहेको देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org