ताजा समाचार

गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा मिलेन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गणतन्त्रकालमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

“पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ,” उनले भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org