शीतल निवासमा त्रिपक्षीय छलफल, अप्रिय कदम नचाल्न राष्ट्रपतिसँग प्रचण्डको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामूहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन्। ओली र दाहालले हिजो छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए।
बिहीबार छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शुक्रबार बिहान सामूहिक छलफलमा बोलाएको शीतलनिवास स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान राष्ट्रपतिसँग भेटेर छलफल गरेका थिए भने बेलुका दाहाल शीतलनिवास पुगेका थिए।
दुवै अध्यक्षलाई राष्ट्रपति भण्डारीले मिलेर जान आग्रह गरेककी थिइन्।
दाहालसँग राष्ट्रपति भण्डारीले पार्टीमा मिलेर जान र बहुमतीय आधारमा कुनै निर्णय नगर्न सुझाव दिएकी थिइन्।
‘मिल्न पर्यो र तपाईंले मिलाउनु पर्यो भनेर राष्ट्रपतिले भन्नु भयो’, राष्ट्रपतिको यो आग्रहमा दाहालले ‘अहिले पार्टीमा सबै समस्या प्रधानमन्त्री ओलीकै कारण देखिएको हो, उहाँले नमिलाइ कुरा मिल्दैन’ भनेर जवाफ दिएका थिए।
‘अहिले सबै समस्या ओलीजीकै कारण भएको हो, उहाँले केही पनि मान्नुहुन्न, न कमिटीको बैठकमा आउनुहुन्छ न निर्णय मान्नुहुन्छ’, राष्ट्रपतिलाई दाहालको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘पुरै स्वेच्छाचारिता देखाएपछि गाह्रो हुनु स्वभाविक हो।’
दाहालले आफुहरू पार्टी एकताका लागि प्रयासरत रहेको भन्दै कुनै अप्रिय कदम नचाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
‘हामी मिलाउनै लागेका छौं, कमिटीको निर्णय कार्यान्वयन गराउनुपर्छ भन्दै आएका छौं तर ओलीजीले नमानेर समस्या गहिरिन थाल्यो’, दाहालले राष्ट्रपतिलाई भने, ‘बरु तपाईंले कुनै अप्रत्याशित र अप्रिय कदम नचाल्नुस्, त्यसले तपाईंको भूमिका र जिम्मेवारीलाई विवादमा ल्याउँछ, राम्रो गर्दैन।’
त्यसपछि राष्ट्रपतिले सहमति खोज्न शुक्रबार दुवै अध्यक्षलाई बोलाएकी हुन्।
नेकपाभित्र विवाद हुँदा भन्डारीले दुई अध्यक्षलाई यसैगरी मिलाउन पहल गर्दै आएकी छन्।
यसअघि २०७६ मंसिर ४ गते राष्ट्रपतिकै रोहबरमा ओली र प्रचण्डबीच पदीय बाँडफाँटमा सहमति भएको थियो।
नेकपाभित्र विवाद चुलिँदै गएका बेला भण्डारीले कात्तिक १८ गते उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा माहोल बनाउने प्रयत्न गरेकी थिइन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...