ताजा समाचार

प्रचण्डलाई भेट्न खुमलटार पुगे ईश्वर पोखरेल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जानेक्रम बढेको छ ।

शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका छन् । उनले ओलीको सन्देश बोकेर खुमलटार पुगेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।

उनीहरूबीच अहिले संवाद जारी छ ।

हिजो (बिहीबार) महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए ।

नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने कोसिस थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org