ताजा समाचार

नेपाल-भारत सम्बन्ध सुदृढ हुने बाटो खुल्यो : परराष्ट्रमन्त्री

काठमाडाैँ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाको भ्रमणले औपचारिक संवादको ढोका खोलेको बताएका छन् ।

नक्सा प्रकाशन गरीसकेपछि असहज सम्बन्धमा औपचारिक संवाद ढोका खुला गरेको उनको भनाई छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा उनले भने, ‘संवाद हिनता रहनु हुँदैन थियो । विदेश सचिवको भ्रमबणले औपचारिक संवादको ढोकापनि खोलेको छ ।’

विदेश सचिवसँगको भेटवार्तामा सिमा समस्यालाई औपचारिक एजेण्डा बनाएको पनि उनले जानकारी दिए । यद्यपी सीमाका बारेमा मात्रै नभएर अन्य धेरै विषयमा पनि छलफल भएको उनको भनाई थियो ।

विकास साझेदारी, लगानी, व्यापार र सन्धिहरुमा समयानुकुल संशोधनका लागि वार्ता चलिरहेको उनको भनाई छ। नेपाल भारत जोइन्ट कमिसनको बैठकको तयारी पनि भइरहेको मन्त्री ज्ञवालीको भनाई छ ।

२०१९ मा यस्तो बैठक नेपाललले गरेपनि यो पटक भारतले गर्ने पालो रहेको उनको भनाई छ ।

उक्त बैठकमा भारत र नेपाल बिच रहेको बिभिन्न ‘मेकानिजहरु’ एजेन्डाको रुपमा आउने जानकारी समेत दिए । यस बैठकपछि विदेश सचिव स्तरिय छलफल हुने उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org