ताजा समाचार

नेकपा सचिवालय बैठक बस्दै, ओली-प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

काठमाडाैँ । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे ।

आजको बैठकमा दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रदिवेदनमाथि छलफल हुने बताइएको छ । १३ मंसिरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए ।

ओलीले पेस गरेको प्रतिवेदनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई लगाएको आरोपको खण्डन गरेका थिए ।

ओलीअघि २८ कात्तिकमा प्रचण्डले १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । उनले आफ्नो प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाएका थिए ।

गत बुधबार बसेको सचिवालय बैठकमा पनि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची थियो । तर, बैठकमा अध्यक्ष ओली नआएपछि प्रतिवेदनमाथि छलफल नै हुन पाएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org