सचिवालयमा बामदेवको त्यो प्रश्न, यसरी उत्रिए सुर्य थापा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुध्द उत्रिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा गौतमको तस्बिर राख्दै को कस्तो भन्दै उनीविरुध्द उत्रिएका हुन् । डोरी नाघेर बाटो काट्दै गरेको पूरानो तस्बिर राख्दै थापले लेखेका छन् ‘को कस्तो ? तस्बिर काफी छ !’
आखिर थापाले पार्टीका उपाध्यक्ष गौतमबारे किन यस्तो लेखे त ? यसको अनेक अड्कबाजी भइरहेको छ । कतिपयले ओलीलाई समर्थन नगरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालतिर लागेकाले पनि गौतमविरुध्द थापा उत्रिएको भनिरहेका छन् । तर भन्नेले जे-जे भने पनि थापाको स्ट्याटसको चुरो कुरा बुझ्ने हो भने शनिबार (हिजो)को सचिवालय बैठकतिर फर्किनुपर्ने हुन्छ । हिजोको बैठकमा थापाले गौतमविरुध्द उत्रिनुपर्ने के भयो ?
सूर्य थापाले प्रधानमन्त्री र पार्टी दुवैलाई सिद्याउने भन्दै शनिबारको सचिवालय बैठकमा कारवाही गर्न माग गरेको एक सचिवालय सदस्यले इकागजलाई जानकारी थिए । ति सदस्यका अनुसार कार्यकारी अध्यक्ष र अन्य नेताहरुलाई गाली गर्ने थापाकव शक्ति कहाँबाट आयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।
‘सुर्य थापा भनेको को हो ? यसलाई तत्काल सचिवालयबाट हटाउनुस् । तपाइँलाई पनि सिद्याउँछ पार्टीलाई पनि सिद्याउँछ’ गौतमले सचिवालय बैठकमा भनेका थिए ‘यस्तो मान्छेले तपाईंलाई बनाउँछ भनेर राख्नु भएको होला थापा ध्वंस्तात्मक प्रवृतिको मान्छे हो । यसले न तपाईं बनाउँछ न पार्टीलाई बनाउँछ ।’ गौतमले बैठकमा प्रश्न गरेका थिए ‘यसको हैसियत के हो ? कार्यकारी अध्यक्ष र हामी जस्तो नेतालाई गाली गर्ने ? यो शक्ति कहाँबाट आयो ?’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...