नेकपा स्थायी कमिटी बैठक: ओली-प्रचण्ड एक अर्का विरुद्ध यस्तो रणनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ।
शनिवारको सचिवालय बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका बावजुत स्थायी कमिटी बैठकमा पार्टीको संकट समाधानका लागि छलफल गर्ने निर्णय गरेको थियो।
आज बस्न लागेको स्थायी कमिटी बैठकअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-बरिष्ठ नेता माधव नेपाल समूह एक अर्का विरुद्धको रणनीति बनाउनमा जुटेका छन्। सचिवालयकै बैठकमा ओलीले नेताहरुलाई बैठकको औचित्य नभएको र पार्टी कमिटीमा हुने बहुमत अल्पमत प्रक्रियालाई आफूले नस्वीकार्ने बताइसकेका छन्।
बैठक टार्ने दाउमा ओली, जसरी पनि राख्ने प्रचण्ड समूहको दाबी
दुई अध्यक्षबीच सहमति नभएको, प्रचण्डले प्रस्ताव फिर्ता नलिएको तथा बैठकका एजेण्डा तय नभएको भन्दै ओली बैठकमा नजाने अडानमा छन्। तर उनीनिकट एक नेताका अनुसार उनलाई हाल आफ्नै गुटका नेताहरुले समेत बैठक बहिस्कार गर्दा गलत सन्देश जाने भन्दै फेस गर्न सुझाइरहेका छन्। ‘बैठकमा त जानुपर्छ भन्ने हो हाम्रो सुझाव। तर उहाँ जानुहुन्छ कि हुन्न भन्ने कुरा उहाँमा निर्भर छ,’ ती नेता भन्छन्।
ओलीले बैठक टार्न खोजिरहँदा उनीबिरुद्ध उत्रिएका प्रचण्ड-नेपाल समूहका नेताहरुको तयारी भने ओली अनुपस्थित भए पनि बैठक राख्नुपर्ने अडानमा छन्। यसअघि ओली अनुपस्थित हुँदा पनि बैठक चलेको र निर्णय भएको घटना थुप्रै भएकोले आजको बैठक बस्ने उनीहरुको दाबी छ। स्थायी कमिटी सदस्य बेदुराम भुसालले आज जसरी पनि बैठक बस्ने बताए। ‘बैठक बस्न त के भयो र बैठक त बस्छ। प्रधानमन्त्री आए पनि नआए पनि,’ उनले भने।
ओली प्रचण्डबीच सहमतिको प्रयास असफल
२६ दिनसम्म बोलचाल समेत नगरेका ओली प्रचण्डले शनिवार बालुवाटारमा ‘वान टु वान’ वार्ता गरेका थिए। तर ओली पक्षका नेताहरुले आशा गरेअनुसार प्रचण्ड ओलीको प्रस्तावमा सहमत भएनन्। ओली पक्षका दोस्रो तहका नेताहरुको लगातारको अनुरोध पछि प्रचण्ड वार्तामा बस्न तयार भएका थिए। तर हिजोको वार्ता पूर्वनिर्धारित नभएको र त्यस्तो प्रस्ताव पनि ओलीले नगरेको प्रचण्ड निकट स्रोतको दाबी छ। ‘एका एक भएको हो। त्यस्तो पूर्व निर्धारित थिएन। कुराकानी अब पार्टी कमिटीका बैठक बाहिर गर्न ठिक हुँदैन भन्ने प्रचण्डको अडान छ,’ स्रोतले भन्यो।
शनिवार सम्पन्न सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिवारको छलफलले समस्या समाधान नभएको र फेरि पनि दुई अध्यक्षबीच छलफल गर्न सकिने बताएका थिए। तर हालसम्म ओली प्रचण्डबीच संवाद हुन सकेको छैन। कुराकानीका लागि ओली समूहका नेताहरुले हिजोदेखि नै पहल गरे पनि संवाद हुन नसकेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...