ताजा समाचार

सर्वदलीय बैठकमा पौडेलको दर्जन प्रश्नः दमौलीमा ममाथि त्यस्तो किन गरियो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भएका छन्।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता पौडेलले गत मंसिर १७ गते दमौलीमा पुल उद्घाटनको विषयमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्‍न गरे।

‘१७ गते दमौलीमा मलाई पक्राउ गर भनेर किन भनेको?’ बैठकमा पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे, ‘संवैधानिक आयोगमा ३९ पद रिक्त छ त्यता ध्यान छैन, स्वतन्त्रता विरोधी आम सञ्चार विधेयक ल्याएको छ। मन्त्रीहरुको भ्रष्टाचारको ढाकछोप आफैं अघि सरेर गर्नुभएको छ। देशमा भ्रष्टाचारको बिगबिगी छ । तर, ठूला भ्रष्टाचार काण्डमाथि कारबाही चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ।’

पौडेलले केपी ओली नेतृत्वको सरकारले अदालतलाई पनि प्रभावमा पारेको गम्भीर आरोप लगाए। ओलीले भारतलाई चिढाउने क्रममा अयोध्या माडीमा पर्छ भनेर शान्ति भड्काउने काम गरेको पनि पौडेलले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org