फोर्ब्सको १०० शक्तिशाली महिला सूचीमा १२ जना अर्बपति, को–को?
एजेन्सि । चर्चित म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला पनि अटाएका छन्।
उनीहरुको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर रहेको बताइएको छ। पैसाले मात्रै शक्तिशाली सूचीमा समावेश होइँदैन। नत्रभने अरु धेरै अर्बपति महिला यो सूचीमा समाविष्ट हुन्थे।
उक्त १२ महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि १ अर्ब डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ।
यो सूचीमा फेसबुककी सीओओ शेरल स्यान्डबर्ग, होटल शिलाकी सीईओ तथा अध्यक्ष लि बु जिन र संस्थापकहरु झोउ क्युनफेई र किरण मजुमदार शालगायत रहेका छन्।
क्युनफेईले लेन्स उत्पादक लेन्स टेक्नोलोजीको नेतृत्व गरेकी थिइन् भने मजुम्दारले बायोकन कम्पनी सुरु गरेकी थिइन्। जसले अहिले कोरोना महामारीविरुद्ध सहयोग गरिरहेको छ।
त्यस्तै मिडिया क्षेत्रकी ओप्राह विन्फ्रे, ओरेकलकी सीईओ साफ्रा काट्ज र एपिक सिस्टमकी सीईओ तथा संस्थापक ज्युडिथ फल्कनर यी सबै आफ्नै बलबुतामा शक्तिशाली बनेका हुन्। अर्थात् उनीहरुले आफ्नै वा दाम्पत्य बलबुतामा सम्पत्ति जोड्न सफल भएका हुन्।
त्यस्तै फिडेलिटी इन्भेष्टमेन्टकी सीईओ अबिगेल जोन्सन, एमर्सन कलेक्टिभकी संस्थापक तथा अध्यक्ष लाउरिन पवेल जब्स र समाजसेवी तथा लेखक म्याकेन्जी स्कटले भने परिवार, वैवाहिक सम्बन्धविच्छेदबाट सम्पत्तिमा हक जमाएका हुन्।
उनीहरुले जसरी सम्पत्तिमा हक जमाए पनि यी सबै आफ्नो वैधानिक हकको प्रयोग गर्दै व्यवसाय, गैरनाफामूलक र समाजसेवाको क्षेत्रमा उदाएका हुन्।
यसमध्ये स्कटले त आफ्नो आधा सम्पत्ति दानमै खर्चेकी छिन्। उनले १ अर्ब ७० करोड डलर विभिन्न ११६ संस्थालाई जातीय, एलजीबीटीक्यु (पुरुष र महिलाबाहेक अन्य लैंगिक प्रतिनिधित्व गर्ने समुदाय) र लैंगिक समानता, आर्थिक परिचालन, समानुभूति, प्रजातान्त्रिक क्रियाकलाप, सार्वजनिक स्वास्थ्य, विश्व विकास र जलवायु परिवर्तनको क्षेत्रमा सहयोग गर्न दान गरेकी हुन्।
यी हुन् १०० शक्तिशाली महिला सूचीमा अटाएका १२ अर्बपति :
अबिगेल जोन्सन (१५ अर्ब डलर)
साफ्रा काट्ज (१.२ अर्ब डलर)
ओप्रा विन्फ्रे (२.६ अर्ब डलर)
शेरल स्यान्डबर्ग (१.८ अर्ब डलर)
लाउरिन पवेल जब्स (२१.१ अर्ब डलर)
जिना राइनहार्ट (१६.७ अर्ब डलर)
म्याकेन्जी स्कट (५९.७ अर्ब डलर)
किरण मजुम्दार शा (४.६ अर्ब डलर)
झोउ क्युनफेई (१६.४ अर्ब डलर)
ज्युडिथ फल्कनर (५.५ अर्ब डलर)
लाम वाई यिंग (३.९ अर्ब डलर)
लि बु जिन (१.९ अर्ब डलर)
(उनीहरुको यो सम्पत्ति डिसेम्बर ७ सम्मको भएको फोर्ब्सले जनाएको छ।)
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...