ताजा समाचार

बालुवाटारमा ओली-प्रचण्डबीच संवाद

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

भेटबाट कुनै निष्कर्ष नआएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बताए । ‘नियमित संवाद जस्तो  भयो । केही समाधान भने निस्किएन,’ थापाले भने ।

अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । २१ मंसिरमा बसेको स्थायी समितिमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका  थिए ।

स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक २८ मंसिरसम्म सारिएको छ । सहमतिका अध्यक्षद्वयबीच संवाद सुरु भए पनि कुनै निष्कर्षमा भने पुग्न सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org