ताजा समाचार

कम्युनिष्ट नेता गाैतमको निधनमा प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङका कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार एक शोक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता समेत रहेका गौतमको निधनबाट आफु दुखित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले दिवंगत गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विशेषगरी दाङ क्षेत्रमा पार्टी स्थापनादेखि नै लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रुपमा उनले पुर्याएको योगदान अविस्मरणीय रहने बताउँदै प्रधानमन्त्री ओलीले न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा उनले स्थापित गरेको निष्ठा र समपर्णप्रति सम्मान व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org