ताजा समाचार

कतारले नेपाललाई दियो तीनवटा मर्सिडिज कार

काठमाडाैँ । कतार सरकारले नेपाललाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ ।

परराष्ट्र मन्त्रालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचोसहित मर्सिडिज कार हस्तान्तरण गरेका हुन् ।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद दिए । उनले भने ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

कतारले नेपाललाई सत्भावनास्वरूप मर्सडिज बेन्ज इ१८० मोडेलका तीन वटा कार प्रदान गरेको हो । कतारले उपलब्ध गराएका कार सरकारी प्रयोजनमा प्रयोग गर्ने मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org