‘केही छाड्दिनँ, बहुमतको अगाडि झुक्दिनँ’ : प्रधानमन्त्री ओली
काठमाडाैँ । नेकपाका अध्यक्षद्वयबीच हिजो बालुवाटारमा सहमतिको लागि भएको भनिएको वार्ता असहमतिमै टुंगिएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा १९ पृष्ठको प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३८ पृष्ठ लामो जवाफी पत्र छलफलको लागि अहिले स्थायी समितिमा पुगेको छ । २८ गते अर्थात आगामी आइतबारलाई बोलाईएको समितिको बैठकअघि सहमति गर्नेगरी बालुवाटारले बनाएको योजनाअन्तर्गत हिजो भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विगतदेखि भन्दै आए झैं ‘आफूले केहि पनि नछाड्ने,बहुमतको नाममा कुनै कारबाही वा प्रक्रिया अघि बढाइयो भने आफू पनि चुप लागेर नबस्ने बरु सकेको गर्ने’ बताउनुभएको थियो । पार्टीभित्रको समस्या चुलिएर पोखिने बेलामा पनि प्रधानमन्त्रीमा समाधानको लागि कुनै सकारात्मक पहल,भावना वा लचकता नै नदेखिएको बताइन्छ । उहाँले हिजो पनि ‘धम्कीको भाषा’ मात्रै व्यक्त गर्नुभएको खुमलटार स्रोतले बताएको छ ।
जवाफमा प्रचण्डले ‘आफू सँधै एकताको पक्षमा रहेको बताउँदै पार्टीको पद्धतिभित्र छिरेका विषय र विवादलाई अब बिधि र प्रक्रियाबाट सल्ट्याउनुपर्ने’ बताउनुभएको थियो । विगतमा सचिवालय सदस्यहरूले झैँ अहिले स्थायी कमिटीका विशेषगरी खुमलटार निकट भनिएका हरिबोल गजुरेल र टोपबहादुर रायमाझीहरूले दुईजना अध्यक्षबीच सहमतिको पहल गर्दै भेटघाटको लागि बालुवाटारलाई सुझाएको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...