ताजा समाचार

नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्न लागिएको हो। नेता लामाको गत मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो। मंसिर २१ आइतबार नेकपाको स्थायी कमिटी बैठक सुरु भएको थियो। धुम्बाराहीमा बसेको बैठकमा ओलीले आफू सहभागी नभइ चिठी पठाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org