ताजा समाचार

थप ८ सय ३० जनामा कोरोना संक्रमण, ९ को मृत्यु

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५  हजार ७ सय ३१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org