ताजा समाचार

संवैधानिक परिषदको बैठक सकियो, साँझ ५ बजे पुनः बस्ने

काठमाडाैँ । संवैधानिक परिषदको बैठक सकिएको  छ।

आज बिहानका लागि परिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।

बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित थिए ।

बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा नगएसँगै  गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने व्यवस्था छ ।

उपसभामुख पद रिक्त रहेको अवस्थामा सभामुख सापकोटा नजाँदा परिषद् अध्यक्ष रहने प्रधानमन्त्रीसहित अन्य तीनजना सदस्य मात्र उपस्थित हुने देखिन्छ ।

सत्तापक्षकै सभामुख संबैधानिक परिषदका पदेन सदस्य बैठकमा अनुपस्थित हुनुलाई गम्भिर रुपमा लिइएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org