ताजा समाचार

‘सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे’: सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सभामुख अग्निप्रसाद सापकोटामाथि संवैधानिक दायित्व र कर्तव्यविपरीत संवैधानिक परिषद्को बैठक बहिष्कार गरेको आरोप लगाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमार्फत् मंगलबार सभामुखमाथि यस्ताे आरोप लगाएका हुन्।

सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको थापाको भनाइ छ ।

दुई तस्बिर राख्दै उनले ट्विटरमा लेखेका छन्,’सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानत: आयोजित संबैधानिक परिषदका दुई बैठक । जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org