ताजा समाचार

‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता बने सन्तोष

काठमाडौं । नेपाली सेफ सन्तोष शाह ’बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उपविजेता बनेका छन्।

‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी ‘रनर अप’ बनेका हुन् । युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जितेका छन्।

सन्तोषले भने –‘म आज अत्यन्तै खुसी छु। आफैँ विजेता भएको जस्तो महसुस गरिरहेको छु ।’उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए।  १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।  प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  ’ऐला’ पनि सर्भ गरेका थिए । यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org