ताजा समाचार

प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा छलफलका सात एजेन्डा

काठमाडाैँ । फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक अहिले बबरमहलस्थित एउटा पार्टी प्यालेसमा जारी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा छलफलका लागि सात प्रस्ताव पेस भएका छन्।

आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने,  बरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्नेछ।

यस्ता छन् बैठकमा पेस भएका एजेन्डा

१. सहिदप्रति १ मिनेट माैणधारण
२. आन्तरिक पार्टी जीवनमा विकसित राजनितिक घठनाक्रमबारे वरिष्ठ नेताहरूकाे मन्तव्य
३. पार्टीकाे आन्तरिक समस्या सम्बन्धमा अध्यक्षकाे प्रतिवेदन
४. अनुशासनकाे कारबाही
५. रिक्त पदमा नेतृत्वकाे प्रस्ताव
६. कार्यक्रम र कार्ययोजना
क. विराेध र संघर्षका कार्यक्रम
ख. संगठनात्मक कार्यक्रम
७. विविध
क. कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनाेनित गर्ने निर्णय अनुमाेदन
ख. स्थायी कमिटीका अन्य निर्णयकाे अनुमाेदन

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org