ताजा समाचार

दाहाल–नेपाल समूहमा महासचिवका तीन आकांक्षी, कसलाई बनाउन को लाग्दैछन् ?

काठमाडौं  । नेकपा प्रचण्ड–नेपाल समूहमा महासचिवका लागि तीनजना आकांक्षी देखिएका छन् । तीनैजनाले महासचिवका लागि आकांक्षा देखाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे महासचिवको दौडमा छन् ।

प्रचण्डले शर्मालाई, नेपालले रावललाई र खनालले पाण्डेलाई महासचिव बनाउनुपर्ने आन्तरिक अनौपचारिकरुपमा छलफल गरेको स्रोत बताउँछ । नेकपाका महासचिव विष्णु पौडेलले नेकपा ओली समूहलाई साथ दिएपछि प्रचण्ड–नेपाल समूहमा कसलाई महासचिव बनाउने भन्ने विषयमा छलफल भइरहेको स्रोत बताउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org