ताजा समाचार

चिनियाँ राजदूत यान्छीले भेटिन् प्रचण्डलाई

सत्तारुढ दल नेकपा विभाजन भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुष्कमल दाहाल प्रचण्डलाई भेटेकी छन् ।

आज बिहीबार विहान उनी ९ बजे प्रचण्ड निवास खुमलटार पुगेकी स्रोतले जनाएको छ । उनी र प्रचण्डबीच झण्डै २५ मिनेट कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ ।

राजदूत यान्छी र प्रचण्ड बीच नेकपाभित्र विकसित राजनीतिका विषयमा छलफल भएका बुझिएको छ ।

यसअघि पनि नेकपा भित्र नेताहरुबीचको अन्तसंघर्ष तिब्र बनेका बेला चिनियाँ राजदुत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।

नेताहरु आपसमा मिलेर सत्ता संचालन गर्नेतर्फ चीनको प्रोत्साहन हुँदै आएको थियो ।

संसद विघटन भएपछि नेकपाको दुवै समूहले बेग्ला बेग्लै केन्द्रीय समितिको बैठक बोलाएपछि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी थिइन् ।

त्यस भेटमा चीनमा निर्मित कोरोनाको भ्याक्सिन नेपाललाई दिने भन्ने बारे छलफल भएको भनिए पनि राजदूत यान्छी र राष्ट्रपति भण्डारीका बीचमा नेपालको बद्लिंदो राजनीतिक परिदृश्यका बारेमा नै कुराकानी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org