ताजा समाचार

माइतीघरदेखि निर्वाचन आयोगसम्म : नेकपा प्रदर्शनका सात झलक

काठमाडाै ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रिएको छ। प्रदर्शनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी छन्।

शुक्रबार निर्वाचन आयाेग पुग्नुअघि  बिहान माइतीघरमा केही बेरको धर्ना र प्रदर्शनपछि नेकपाको उक्त समूहले जुलुस निकालेकाे हाे।

‘असंवैधानिक संसद विघटन खारेज गर’, प्रतिगमनकारीहरु होसियार, ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद’, ‘असंवैधिानिक ‘कू’ खारेज गर’, ‘विधिको शासन लागू गर’ लगायतका नारा उनीहरूले लगाएका थिए।

निर्वाचन आयोग हिँडेको जुलुसलाई भने प्रहरीले जमलमै रोकेको छ। अहिले प्रचण्ड–नेपाल लगायतका नेताहरु आधिकारिक नेकपा आफू भएको दावी गर्दै निर्वाचन आयाेग पुगेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org