ताजा समाचार

तोकिएको समय अगावै नेकपाको विवाद निरुपण गर्छौ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले नेकपाको विवाद न्यायपूर्ण निरुपण गर्नेमा आश्वस्त पारेका छन् । बहुमत केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षरसहित आयोग पुगेको प्रचण्ड–नेपाल समूहलाई उनले प्रचलित कानुनको परिधीमा रही विवाद निरुपण गर्ने बताए ।

उनले निर्धारित समय अगावै विवाद निरुपण गर्ने पनि बताए । “हामीले बनाएको संविधान छ । निर्वाचन सम्बन्धी कानुन छन् । दल दर्ताका आधारमा पेश गरेको विधान, अध्यावधिक विधान छन्, उनले भने, “सर्वोच्च अल्दालतबाट पनि केही नजिरहरु पुनः स्थापित भएको जानकारी छ । सबै विषयलाई राखेर तोकिएकै अवधिभन्दा अगाडि प्रारम्भ गर्ने र सकेसम्म तोकिएको अवधीभन्दा एक दुईदिन अघि निरुपण गर्नेगरी काम प्रारम्भ गर्छौं ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org