ताजा समाचार

पूर्वमाओवादीतर्फका तीन जना ओली सरकारका मन्त्री बन्दै, आजै शपथ खुवाइने

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीहरुलाई आजै शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ।

आज प्रभु  साह, टोपबहादुर रायमाझी र मणि थापा नयाँ मन्त्री बन्ने भएका छन्। उनीहरु सबै पूर्वमाओवादीका नेताहरु हुन्। यसका अलावा प्रधानमन्त्री ओलीले अन्य केहीलाई पनि आजै साँझ मन्त्रिमण्डलमा थप गर्ने भएका स्रोतले जनाएको छ।

त्यस्तै आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकमा नवनियुक्त मन्त्रीहरुलाई पनि सहभागी गराइने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org