ताजा समाचार

खुमलटारमा प्रचण्ड-नेपाल पक्ष छलफलमा, बामदेव पनि सहभागी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ । नेकपा विभाजन हुदा पनि उपाध्यक्ष गौतम भने कुनै पक्षतर्फ खुलेका छैनन् । उनले केहि दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।  तर आज उनी प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।  खुमलटारमा प्रचण्ड -नेपाल पक्षका नेताहरु पनि गौतमसंग छलफलमा सामेल भएका स्रोतले बताए । खुमलटारमा अहिले माधवकुमार नेपाल ,नारायणकाजी श्रेष्ठ र गौतमबीच छलफल भइरहेको स्रोतले बताए । गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org