ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओसहितको टोली काठमाडाैँमा

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा एउटा टोली अहिले भर्खर एअर चाइनाको उडान (Ca\ 437)बाट छङ्तु हुँदै काठमाडौं आइपुगेको छ ।

चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी ब्रिफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा ९बहुमत० ले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो नगर्न चिनियाँ पक्षलाई सुझाएको बताइन्छ ।

बालुवाटार स्रोतले भने ‘उपाध्यक्ष वामदेव गौतम र स्वयम् उत्तरी छिमेकीले बेलैमा आफ्ना कुरा स्पष्टसँग राखेको भए नेकपा र मुलुकको राजनीति यो हालतमा नपुग्ने’ निचोड निकालेको बताइएको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org