ताजा समाचार

“ प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमकाविरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्छौं”

काठमाडौं ।  नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा एकलाख नागरिक–कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने कदमविरूद्ध पुस १४ गते जनसागर उतार्ने र संसद् पुनस्र्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्ने उनीहरूले तयारी गरेका हुन् ।

पुस १४ को तयारीका लागि आइतबार बिहान प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बसेको थियो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

“बैठकले प्रधानमन्त्री र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमकाविरूद्ध एक लाख नागरिक सडकमा उतार्नेगरी तयारी गरेको छ,” नेता खनालले भने ।

प्रचण्ड–नेपाल समूहले आजै देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरका कमिटीहरूको भेला गरिरहेको छ । भेलामा कार्यकर्ता परिचालन र सङ्घर्षलाई प्रभावकारी बनाउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । प्रचण्ड समूहले आज पनि ओलीको कदमविरूद्ध सङ्घर्षका विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org