ताजा समाचार

सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा चुनाव : मन्‍त्री साह

काठमाडाैँ । नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन्।

आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन्। सहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए।

यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए।सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ।

उनले भने,‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो। मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौ। यो वर्षको बजेट आइसकेको छ। निर्धारित कार्यक्रम पनि बनिसकेको छ। त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउने। भइरहेको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने। राष्ट्रको अगाडि मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रित हुन्छौं।’

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए।

कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org