ताजा समाचार

भिम आचार्यको मुख्यमन्त्री बन्ने चाहाना फेरी पनि रहरमै सिमित !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रमा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ लाई शनिबार (हिजो) पदबाट बर्खास्त गरे।

नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरिएको उल्लेख गरियो। र, प्रदेश सांसद भीमप्रसाद आचार्यलाई नेकपा संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाउन उनी प्रस्तावक बनेका छन्।

प्रदेश सभा सचिवालयका अनुसार आगामी माघ ७ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको उक्त अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनेछ।

प्रदेशसभाको कार्य व्यवस्था महाशाखाले प्रदेश १ को प्रदेशसभा नियमावली-२०७४ को नियम १२९ को उपनियम (१) बमोजिम दर्ता हुन आएको पाना नम्बर-५ को अविश्वासको प्रस्ताव दर्ता गरी नियम-१२९ को उपनियम (२) बमोजिम आज बिहान १० बजेर ४३ मिटेनमा दर्ता गरी सभामुखलाई जानकारी गराएको जनाएको छ।

तर नेपाली कांग्रेसका २१ जना सांसद छन । कांग्रेसका सांसदले शेरधन राईलाई समर्थन गर्ने देखीन्छ । काग्रेसले राईलाई समर्थन गरेको अवस्थामा ओली पक्षको २२ जना र कांग्रेसको २१ गरि ४३ , जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ गरि  ४८ को समर्थन जुटाउन सकेमा अविश्वासको प्रश्ताव असफल हुने देखिन्छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भनेः मुख्य मन्त्री राई सफल मुख्यमन्त्री भएकाले नेपाली कांग्रेसको समर्थन हुन्छ ।

पछिल्लो विकसित परिस्थिती हेर्दा भिमप्रसाद आचार्यको मुख्यमन्त्री बन्ने महत्वकांक्षा फेरी रहरमै सिमित हुने देखीन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू

१) ईन्द्रबहादुर आङ्बो

२) लछुमन तिवारी

३) जीवन घिमिरे

४) तुलसीप्रसाद न्यौपाने

५) विजयकुमार विश्वास

६) जसमायाँ गजमेर (विश्वकर्मा)

७) लीला बल्लभ अधिकारी

८) मोहनकुमार खड्का

९) कुसुमकुमारी श्रेष्ठ

१०) सावित्री जोशी

११) उर्मिला विश्वकर्मा

१२) कूलप्रसाद साम्बा

१३) सीतादेवी थेबे

१४) पूर्णप्रसाद राजवंशी

१५) खिनु लङ्वा लिम्बू

१६) नारायणबहादुर मगर

१७) झलकबहादुर मगर

१८) उपेन्द्रप्रसाद घिमिरे

१९) श्रीप्रसाद मैनाली

२०) गोपालचन्द्र बुढाथोकी

२१) सरिता थाप

२२) पदमकुमारी गुरूङ

२३) राजेन्द्रकुमार राई

२४) धिरेन्द्र शर्मा

२५) रामकुमार राई

२६) टङ्क आङ्बुहाङ

२७) होमकुमारी साँवा

२८) उषाकला राई

२९) कला घले

३०) भीमप्रसाद आचार्य

३१) सौभाग्यवती देवी राई (किरात)

३२) गणेशकुमार काम्बाङ

३३) सावित्राकुमारी रेग्मी

३४) वसन्तीदेवी यादव

३५) सुनिताकुमारी चौधरी

३६) यशोधा अधिकारी

३७) पूर्णप्रसाद राई

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org