ताजा समाचार

स्थिरता र समृद्धिको वाहकका रुपमा स्थायी सरकार बनाउन आवश्यकः मन्त्री थापा

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

खानेपानी मन्त्रालयमा आइतबार मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । उनले स्थिरता र समृद्धिको वाहकका रुपमा स्थायी सरकार बनाउन आवश्यक रहेको पनि बताए ।

मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने पनि बताए । देखापर्ने समस्या आपसी सहकार्य र अन्तर्क्रियाबाट समाधान गर्न सकिनेमा मन्‍त्री थापाले जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org