ताजा समाचार

प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’ पार्टी एकता गर्दाको आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।

‘ पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । ‘

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org